शेयर बजार ४ वर्षकै उच्चतम विन्दुमा, कारोबार भने घट्यो

काठमाडौं, १३ साउन । केहि समयदेखि सेयर बजार बढ्ने क्रमजारी छ । मंगलबार शेयर बजार करिब ४ वर्षकै उच्चतम विन्दुमा पुगेको छ । आज आज नेप्से परिसूचक ३०.७६ अंक बढेको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार भने घटेको छ  । आज १८ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो । हिजो १९ अर्ब ३६ करोडको कारोबार भएको थियो । कारोबार रकम भने गत साउन ३१ गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको बनेको छ ।

बजार वृद्धिसँगै नेप्से ३००२.०७ अंकमा पुगेको छ । कारोबारका क्रममा दिउँसो १२ स् १६ बजे नेप्से ३०२८ अंकसम्म पुगेको थियो ।
बजार बन्द हुँदा नेप्सेको आजको अंक २०७८ भदौ १३ यताकै उच्च हो । सो वर्ष भदौ २ गते हालसम्मकै उच्च ३१९८ अंकको रेकर्ड बनाएपछि नेप्से ओरालो लागेको हो ।

आज १७६ कम्पनीको मूल्य बढ्दा ७४ को घट्यो । अन्य समूह सबैभन्दा धेरै २.५८ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ १.३२, होटल तथा पर्यटन ०.३२, हाइड्रोपावर ०.४४, लगानी ०.९४, जीवन बीमा ०.७९, उत्पादन तथा प्रशोधन ०.९८, माइक्रोफाइनान्स १.६९ तथा निर्जीवन बीमा १.१२ प्रतिशत बढे । व्यापार ०.२५, विकास बैंक ०.३६ तथा फाइनान्स ०.१२ प्रतिशत घटे ।

चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नाडेप लघुवित्त छन् । केही दिनयता १० प्रतिशत मूल्य बढिरहेको नयाँ कम्पनी ट्रेड टावर प्रतिकित्ता ८६२.७० रुपैयाँ पुगेको छ भने सान्भी ७६९ रुपैयाँ पुगेको छ ।

त्यस्तै नेपाल वेयरहाउजिङको ८।०६, मायाखोलाको ७.२१ तथा ग्रिन भेन्चर्सको ७ प्रतिशत मूल्य बढ्यो । समता घरेलु लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.६ प्रतिशत घट्यो । अन्य मूल्य घटेका कम्पनीको गिरावट दर ३ प्रतिशतमुनि रह्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन डिस्टिलरी, ग्रिन भेन्चर्स, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स र राधि विद्युत् छन् । यसरी समग्र बजारको वृद्धिले लगानी कर्ताहरु उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्