सुन प्रतितोला ६०० रुपैयाँले घट्यो, चाँदी भने बढ्यो
काठमाडौं, १३ साउन। आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज अर्थात मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३०० रुपैयाँ खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार २९५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य दुई दिनदेखि निरन्तर बढेको हो ।















प्रतिक्रिया दिनुहोस्