आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, १२ साउन । संघीय संसदअन्तर्गत आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिनको १ बजे बस्ने छ । बैठकमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आ।व। २०८२-८३–२०८६-८७० को मस्यौदाका सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिने कार्यसूची छ।

त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान १० बजे सुरु हुने छ । यस समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनहरूमाथि संशोधनकर्तासँग छलफल गरिनेछ।
यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको पनि बूदै छ । उक्त समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का विषयमा सरोकारवालासँग अन्तक्र्रिया गरिने कार्यक्रम तय गरिएको छ।

यसैगरि सार्वजनिक लेखा समिति बैठक बिहान ११ बजे बस्ने छ । समितिको ४७औँ बैठकमा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा नेपाल सरकारका सबै सचिवहरूसँग छलफल गरिने कार्यसूची छ ।
यस्तै विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः३० बजे बस्ने छ । समितिको ९९औँ बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्