आजदेखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु

काठमाडौं, ११ साउन । आजदेखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु भएको छ । पूर्वी चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो ।

नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ ।

अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको जनाइएको छ ।

वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी(माडी, मेघौली(विजयनगर(शुक्रनगर र जगतपुर(रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको हो ।

वितरण केन्द्रले जनाए अनुसार, भरतपुर १३२ र ३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने ९ क्षमताले नधान्ने० अवस्था रहेको छ ।

तर, अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको वितरण केन्द्रले सूचनामार्फत जनाएको छ ।

उक्त समस्या समाधानको लागि अघिल्लो आर्थिक वर्षमा नै बसेनी सब स्टेशनबाट विद्युत् आपूर्ति गर्नेगरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको बताइएको छ ।

लोडसेडिङ तालिकास्

१। नारायणी(माडी फिडरहरू स् बिहान ६स्०० देखि ९स्०० र दिउँसो ३स्०० देखि ६स्०० बजेसम्म ।

२। मेघौली(विजयनगर–शुक्रनगर फिडरहरू स् बिहान ९स्०० देखि १२स्०० र बेलुका ६स्०० देखि ९स्०० बजेसम्म ।

३। जगतपुर(रामपुर फिडरहरू स् दिउँसो १२स्०० देखि ३स्०० र बेलुका ९स्०० देखि १२स्०० बजेसम्म ।

प्रतिक्रिया दिनुहोस्