बबई गाउँपालिकाद्वारा कानून संग्रह प्रकाशन
दाङ । बबई गाउँपालिकाले पहिलो पटक कानून संग्रह प्रकाशन गरेको छ । गाउँपालिकाले बिभिन्न १७ वटा विधेयकको कानून संग्रह प्रकाशन गरेको हो । राजपत्रमा कानून प्रकाशन गरेपछि गाउँपालिकाले कानूनको संग्रह प्रकाशन गरेको हो । कानून संग्रहको प्रदेश सांसद उत्तरकुमार वलीले बिमोचन गरेको हुन् । प्रदेश र स्थानीय सरकारले काम गर्नका लागि कानून निर्माण गर्ने अधिकार प्राप्त गरेका छन् ।
गाउँपालिकाको गाउँसभा तथा कार्यपालिकाबाट बिधेयक अनुमोदन गरेर राजपत्रमा सुचना प्रकाशन पश्चात कानून संग्रह प्रकाशन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मार्सलकुमार वलीले जानकारी दिए । कानून निर्माण गरेपछि गाउँपालिकाले काम गर्न सहज हुने अपेक्षा गरिएको छ ।
कानून संग्रहको बिमोचन गर्दै प्रदेशसभा सदस्य उत्तरकुमार वलीले जनप्रतिनीधिले जनताको चाहाना अनुसार कानून निर्माण गरेर दैनिक सेवा प्रदान गर्नुपर्ने बताए । त्यस अबसरमा गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले सबैको राय÷सल्लाह सुझाबमा कानून निर्माण गरिएको जानकारी दिए ।
पहिलो पटक बबई गाउँपालिकाले कानून संग्रह प्रकाशन गरेको हो । गाउँपालिकाले आचारसंहिता, शिक्षा, सहकारी, ब्यबसाय, शिक्षा नियमावली, कार्यविभाजन नियमावली, कार्यसम्पादन नियमावली, निर्णय प्रमाणीकरण नियमावली, सभा सञ्चालन कार्यविधी, बैठक सञ्चालन कार्यिवधी रहेका छन् ।
यस्तै बजार अनुगमन निर्देशिका, न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधी, प्रशासकीय कार्यविधी नियमित गर्ने ऐन, गाउँपालिकाको राजपत्र,एफएम रेडियो ब्यबस्थापन तथा सञ्चालन कार्यविधी, आर्थिक कार्यविधी, उपभोक्ता समिति गठन, ब्यस्थापन र सञ्चालन कार्यविधीको कानून संग्रह प्रकाशन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्