तारकेश्वर पिपलडाँडा खेल मैदानमा झुण्डिएको अवस्थामा महिलाको शव फेला

काठमाडौं, ५ श्रावण। काठमाडौंको तारकेश्वर नगरपालिका ८ को पिपलडाँडा खेल मैदानको बारमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

ती महिलाको पहिचान खुल्न बाँकी रहेको वडाध्यक्ष श्यामकृष्ण सापकोटाले जानकारी दिए ।

प्रत्यक्षदर्शीका अनुसार मृतक महिलाले कालो कपडा, कालो झोला र कालो जुत्ता लगाएकी छन् ।

घटनास्थलमा प्रहरी र स्थानीय भेला भएका छन् । तर अहिलेसम्म कसैले पनि पहिचान गर्न नसकेको वडा सदस्य मोहन खत्रीले बताए ।

प्रहरीले अहिले मुचुल्का उठाउने काम गरिरहेको छ । आत्म हत्याएको रहस्य पनि खुलेको छैन । प्रहरीले अनुन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्