‘श्रावण डेंगी सचेतना महिना’ घोषणाः डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी, परीक्षणको नाममा लुट्ने काम बन्द गरौंः मन्त्री पौडल
काठमाडौं, ३२ असार । ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्गी र वर्षा बढेसँगै फैंलदै गएको डेंगी संक्रमण रोक्ने अभियान सञ्चालन गर्ने उदेश्यले ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा भएको हो ।
सो कार्यक्रमको सुभारम्भ गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी रहेको बताएका छन् ।
बुधवार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डेंगी परीक्षणको सकेसम्म निःशुल्क परीक्षण गर्न प्रयत्न गर्ने र नसके एउटा निश्चित शुल्क निर्धारण गर्ने बताए ।
‘जसरी हामीले आवश्यकता अनुसार यसलाई महसुस गरेको स्थिति छैन, हामीले यसको जटिलता, चुनौती, समस्या जति हो, त्यसरी नै समाजलाई महसुस गराउन जरुरी छ’ उनले भने, ‘मलाई लागेको छैन, म सुरक्षित छु भन्नेकुरा बेकार हो ।’
उनले थपे, ‘परिवारमा एक जना बिरामी भएपछि परिवारमा असहजता हुन्छ । समाजका सबै मान्छे प्रभावित भएको स्थिति छ । वर्षेनी बढिरहेको छ ।’
उनले गरिब र दुःखी मानिसलाई परीक्षणको नाममा झनै लुट्ने काम बन्द गर्न पनि उनले चेतावनी दिए ।
‘यसको परीक्षणमा पनि शुल्क तय गरिनुपर्छ । मान्छे गरिब छ, दुःख परेको छ भने उसबाट झन धुत्न खोज्ने रु निजीलाई पनि यसको शुल्क निर्धारण गरिनुपर्छ,’ उनले भने, ‘निःशुल्क गराउनसक्छौँ भने निःशुल्क गराउन प्रयत्न गर्नुपर्छ । दूरदराजमा धेरै समस्या छ ।’
उनले प्रश्न गरे, ‘खान लगाउन समस्या छ अनि यसको जटिलता थपिएपछि कस्तो अवस्था हुन्छ रु’
उनले डेंगीबारे सरकारले गर्नुपर्ने जति काम गर्न नसकिरहेको पनि स्वीकारे । डेंगीबाट समाज नै प्रभावित बनिरहेको बताए । उनले भने, ‘डेंगी समस्या भन्दा माथि गइसकेको छ ।’
मन्त्री पौडेलले सञ्चारमाध्यमसँग सहकार्य गरेर प्रचारप्रसारका लागि सरकार अघि बढ्ने तयारी गरिरहेको बताए ।
कायक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.विकास देवकोटा, स्वास्थ्य सेवा विभागका महानिर्देशक ढा टंक प्रसाद बाराकाटी लगायतले डेंगीबाट समाज नै प्रभावित भएकाले स्थानीय सरकार, प्रदेश् सरकार तथा सबै सरोकारवालाहरुको सहायेग आवश्यक भएको बताए ।
प्रतिक्रिया दिनुहोस्