आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं, ३२ असार । सङ्घीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन आयोगसँग छलफल हुनेछ ।
बैठकमा नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ को सम्बन्धमा संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ ।
दिउँसो १ बजेका लागि बोलाइएको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीति अध्ययन उपसमितिले राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन समिति समक्ष पेस गर्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।
दिउँसो १ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्ययोजना कार्यान्वयन अवस्था र समितिको कामकारबाहीको समीक्षा हुनेछ ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति ९संयुक्त०को बैठक पनि आजै बस्दै छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८२ को मस्यौदामाथि सुझाव सङ्कलन तथा छलफल, समितिको कर्णाली प्रदेशको स्थलगत अनुगमन भ्रमण प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस्