प्रजनन स्वास्थ्यका क्षेत्रमा पछिल्लो वर्षमा उल्लेखनीय सुधार

काठमाडौं । प्रजनन स्वास्थ्यका क्षेत्रमा पछिल्लो एक वर्षमा उल्लेखनीय सुधार देखिएको छ ।

प्रजनन, परिवार नियोजनको साधन प्रयोग, नवजात शिशुमृत्यु, पाँच वर्ष मुनिको बालमृत्यु, कम्तीमा चार पटक गर्भ जाँच गराउने महिला, दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने महिला, स्वास्थ्य संस्थामा प्रसूति गराउने महिला, तथा पूर्ण रुपमा सबै प्रकारका खोप लगाउने बालबालिकाको प्रतिशतमा प्रगति देखिएको हो ।

अघिल्लो वर्ष प्रजनन दर (प्रतिमहिला)२.३ थियो भने यसपटक २।१ मा घटेको छ । आव २०७४/७५ को आर्थिक सर्वेक्षणका अनुसार परिवार नियोजनको साधन प्रयोग दरमा गत वर्षको भन्दा तीन प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक सर्वेक्षणअनुसार चार लाख ५० हजारले परिवार नियोजनको साधन प्रयोग गरेका थिए । स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सूचकका रुपमा हेरिने नवजात शिशु मृत्युदरमा उल्लेखनीय सुधार आएको छ ।

नवजात शिशुमृत्युदर ९प्रतिएक हजार जीवित जन्ममा २८ दिनभित्र० २१ बाट १७ मा झरेको छ । समग्र स्वास्थ्य क्षेत्रको उल्लेखनीय सुधारका रुपमा यसलाई लिइन्छ । स्वास्थ्य मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमअन्तर्गत आमा सुरक्षा कार्यक्रम रहेको छ ।

यसैगरी, शिशु मृत्युदरमा सुधार देखिएको छ । शिशु मृत्युदर(प्रतिएक हजार जीवित जन्ममा जन्मेको एक वर्षभित्र) २६ मा झरेको छ । अघिल्लो वर्षसम्म ३२ रहेको थियो । यस वर्षको आर्थिक सर्वेक्षणले पाँच वर्षमुनिको बाल मृत्युदर(प्रतिएक हजार जीवित जन्ममा)३९ बाट ३० मा झरेको देखाएको छ ।

पूर्वस्वास्थ्य सचिव डा किरण रेग्मी प्रजनन स्वास्थ्य, आमा सुरक्षा कार्यक्रमका कारण पछिल्लो वर्षमा यस क्षेत्रमा सुधार आएको बताछिन् । यसैगरी, प्रजनन स्वास्थ्यको अर्को महत्वपूर्णको पक्ष गर्भवती भएपछि स्वास्थ्य सस्थामा सेवा (गर्भ जाँच) लिने महिलाको पनि संख्यामा वृद्धि भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्