प्रमुख प्रतिपक्षी दलका अध्यक्ष प्रचण्डले सोमबारको प्रतिनिधिसभालाई सम्बोधन गर्ने

काठमाडौं, ३० असार । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डं) ले सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

आज प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले प्रचण्डले बैठकमा सम्बोधन गर्ने भएका हुन् । प्रचण्डले रसुवा बाढीपहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन् ।

सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएकाले आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन माओवादीले निर्देशन गरेको छ । अध्यष प्रचण्डले देशरकोृ पछिल्लो राजनीति तथा प्राकृति घटनाका बरेमा संसदलाई ब्रिफिङ्ग गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्