आज मौद्रिक नीति सार्वजनिक हुँदै, नीतिमा उदारवादी व्यवस्था समेटिने

काठमाडौं,२७ असार । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ ।

आज शुक्रबार दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ । बिहीबार साँझ नै मौद्रिक नीतिको प्रस्ताव सञ्चालक समितिको बैठकमा लगेको थियो ।
आगामी वर्षको लागि ल्याइने मौद्रिक नीति शुक्रबार विहानको बैठकमा पेश हुनेछ ।

मौद्रिक नीतिमा नयाँ बैकहरुको लाइसेन्स खोलिने‍, विदेशी सयुक्त लगानीका बैकहरुलाई पनि नेपालमा वजार खोलिने, वाणिज्य बै‌कहरुको बर्गीकरण गरिनेछ । त्यस्तै, असल बैकहरुलाई स्वनियमनमा राखिने, कमसल बै‌कहरुलाई मात्र नियमनमा केन्दित गरिने, ऋण दिने मापदण्ड व्यापक पुनरावलोकन गरिदै बिद्यमान तरलता व्यवस्थापन गरिने लगायतका उदारवादी व्यवस्था समेटिने छ ।

प्रतिक्रिया दिनुहोस्