अब श्रमिकलाई बैंकबाटै तलब भुक्तानी हुने
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षदेखि बैंकबाट अनिवार्य तलब भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको श्रम नियमावली–२०७५ लाई मन्त्रिपरिषद्ले आइतबार पारित गरेपछि बैंकबाट तलब दिनुपर्ने बाध्यकारी कानुन बनेको हो ।
नियमावलीका अनुसार औद्योगिक, कृषि र घरेलु कामदारको तलबसमेत बैंकबाट भुक्तानी गर्नुपर्नेछ ।
श्रम मन्त्रालयले रोजगारदाताबाट न्यूनतम तलब नदिने अवस्था भएकाले बैंकबाट तलब दिने व्यवस्थालाई बाध्यकारी वनाएको हो ।
बैंकबाट तलब दिन भुक्तानी गर्न बैंकिङ निकायसमेत तयार भएका छन् । उनीहरूले यो नीति कार्यान्वयन गर्नका लागि तत्परता मात्रै नभई निकै खुसीको विषय भएको जनाएका छन् ।
श्रममन्त्री गोकर्ण विष्टले नियमवालीले श्रमिकको जीवनमा परिवर्तन गर्नका लागि प्रणालीको विकास गरेको बताएका छन् ।
नयाँ नियमावलीले रोजगारदाता र श्रमिकबीच रोजगार सम्झौता गरेपछि मात्रै काम लगाउन पाउने व्यवस्था गरेको छ । करारपत्रमा कामबारे सवै विषय स्पष्ट उल्लेख गरेको हुनुपर्छ ।
कामदारलाई जगेडामा राख्दा आधा पारिश्रमिक दिनुपर्ने, तीन वर्ष उमेर ननाघेका शिशु भएका महिला श्रमिकलाई स्तनपान गराउन थप आधा घण्टा आराम दिनुपर्ने व्यवस्था गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बैंकमार्फत पारिश्रमिक पाउने व्यवस्थाले श्रमिक ठगीमा पर्न सक्ने सम्भावना अन्त्य भएको बताएका छन् ।















प्रतिक्रिया दिनुहोस्