पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई हेमबहादुर मल्ल सम्मान २०८० प्रदान

काठमाडौं, २६ असार । नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्र्पोरेसन लिमिटेडले हरेक वर्ष संयुक्त रुपमा प्रदान गर्दै आएको हेमबहादुर मल्ल सम्मान २०८० पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिएको छ ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले न्यायिक नेतृत्व र संस्थागत विकासमा र्पुयाउनुभएको अनुकरणीय योगदानलाई मुलांकन गरि बिहिबार संघीय राजधानी काठमााडौंमा विशेष कार्यक्रमको आयोजना गरि प्रधानन्यायाधिश प्रकासमान सिंह राउतको प्रमुख आतिथ्यतामा ताम्रपत्र सहित नगद रु. दुई लाख राशिबाट उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कानुन र राजनीतिशास्त्रमा औपचारिक शिक्षा प्राप्त गरी जिल्ला, पुनरावेदन र सर्वोेच्च अदालतको न्यायाधीश हुँदै मुलुकको २५औँ प्रधानन्यायाधीश बन्नुभएको थियो । १० वर्षे द्वन्द्वको अवसान र बृहत् शान्ति सझौता, संविधानसभाको निर्वाचनजस्ता घटनाका समयमा उहाँको न्यायिक सक्रियता विशिष्ट रहेको थियो । संक्रमणकालीन न्याय, समावेशी लोकतन्त्र र वातावरण समन्यायका सवालमा उहाँको विचार, अडान र फैसलाहरूको ऐतिहासिक भूमिकालगायतको विशिष्ट योगदानको कदर स्वरूप उहाँलाई सम्मान गरिएको नेपाल जनप्रशासन संघका अध्यक्ष मधुशरमण आचार्यले बताउनुभयो ।

साल्ट ट्रेडिङ कर्पाेरेशनले नेपाल जनप्रशासन संघसँगको सहकार्यमा आफ्ना प्रथम अध्यक्ष हेमबहादुर मल्लको स्मृतिमा २०५९ सालमा उक्त पुरस्कार स्थापना गरेको थियो । स्व. मल्लले साल्ट ट्रेडिङको संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज र प्रमुख सल्लाहकार पदमा रही सेवा गर्नुभएको थियो । उहाँ करिब २५ वर्ष साल्ट संस्थामा सक्रिय भूमिका निर्वा गर्नुभएको थियो । उहाँलाई इमान्दार, परिश्रमी, कर्तव्यनिष्ठ, शिष्ट, नरम, हकी स्वभाव र संस्थाको लागि रोलमोडल प्रशासक/ व्यवस्थापक रुपमा लिइन्छ ।

नेपाल जनप्रशासन सङ्घका अध्यक्ष मधुरमण आचार्यले २५ औँ प्रधान न्यायाधीश बनेर १० बर्से द्वन्द्वपछिको बृहत् शान्ति सम्झौता, संविधान सभाको निर्वाचनको समयमा विशेष सक्रियतापूर्वक कार्यदक्षता देखाउन सफल श्रेष्ठ सम्मान  गरिएको जानकारी दिनुभयो ।

सङ्घका निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटाले नेपालीलाई नुनमा भिटामिन पोषक तत्व मिसाएर वितरण गर्ने लक्ष्यसहित साल्ट ट्रेडिङको स्थापना गरी सार्वजनिक सेवालाई सर्वसाधारणको पहुँचसम्म पु¥याउने काम गर्नुभएका हेमबहादुर मल्लले देशको आर्थिक अवस्थालाई बलियो बनाउने थुप्रै संस्थाको नेतृत्व इमानदारीपूर्वक  गर्नुभएको स्मरण गर्नुभयो ।

लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित सम्मान छनोट समितिमा सङ्घका अध्यक्ष आचार्य, साल्ट ट्रेडिङका अध्यक्ष श्रेष्ठ, प्राध्यापक यशोदा काफ्ले, पूर्वसहसचिव जीवराज कोइराला सदस्य तथा सङ्घका निवर्तमान अध्यक्ष बाँस्कोटा आमन्त्रित सदस्य रहनुभएको थियो ।

प्रशासकि, सेवा क्षेत्र, न्यायीक क्षत्र लगायतगरि हालसम्म २१ जनालाई यो सम्मान प्रदान गरिएको छ । पहिलो सम्मान २०६० सालमा केदारभक्त माथेमा, २०६१ सालमा चाँदनी जोशी, २०६२सालमा डा. भगवान कोइराला,२०६३ सालमा डा विमल कोइराला, २०६४सालमा महाविर पून, २०६५ अम्बिका श्रेष्ठ, २०६६ सालमा भोजराज पोखरेल, २०६७ सालमा दमनाथ ढुंगाना, २०६८ सालमा प्राडा. सुरेशराज शर्मा, २०६९ सालमा खिलराज रेग्मी, २०७० सालमा उमेश प्रसाद मैनाली,२०७१ सालमा दामोदर गौतम, २०७२ सालमा देवेन्द्रराज पाण्डे, २०७३ सालमा कुलमान घिसिङ्ग, २०७४ सालमा डा. सन्दुक रुइत, २०७५ सालमा डा गौरी शंकर लाल दास, २०७६ सालमा सूर्यनाथ उपाध्याय, २०७७ सालमा गोरक्ष बहादुर न्हुच्छे, २०७८ सालमा भानु प्रसाद आचार्य, २०७९ सालमा डा भेषबहादु थापा, २०८० सालमा कल्याण श्रेष्ठ रहेका छन् । यस सम्मानले देश र जनतालाई सर्वोपरि ठानी काम गर्ने नेतृत्वलाई आत्म विश्वास बढ्ने, कर्तव्य निष्ट भएरमा काम गर्न सकिएमा एक दिन कुशल प्रशासक हेमन्त मल्ल सम्मानबाट सम्मानित हुन सकिन्छ भन्ने आत्म विश्वासका साथ काम गर्ने प्रेरणा जागृत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्