एकै दिन साढे ३८ अर्ब ६१ करोड भुक्तानी, सरकारको खाता लक
काठमाडौं, २६ असार । आर्थिक वर्ष २०८१/०८२को अन्त भएको छ । आर्थिक वर्षको अन्तमा हतार हतार विकास निर्माण गरि भुक्तानी गर्ने प्रचलन पूरानै रोग हो । महालेखा नियन्त्रकका अनुसार सरकारले एकै दिनमा साढे ३८ अर्ब रूपैयाँ बढी (३८ अर्ब ६१ करोड) सरकारी खर्चको भुक्तानी गरेको छ । कानुनतस् चालु आर्थिक वर्षका लागि खर्च निकासा गर्न पाउने अन्तिम दिन यति धेरै रकम भुक्तानी गरिएको हो । यसले के सन्देश जनान्छ भने जव राती जव ….. ताती भने झैं भएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको लागि भुक्तानी बन्द भएको भएको छ । ‘हाम्रो सिष्टम एआई बेस हुन्छ, राति १२ बजेदेखि अटोमेटिक लक हुन्छ । कानुनले विभिन्न परिस्थितिमा भुक्तानी गर्न सकिने व्यवस्था गरेको बाहेक अब भुक्तानी रोकिएको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार थाती रहेका सबै प्रकारका भुक्तानी फरफारक गरिएको कारण एकै दिन ठूलो रकम निकासा भएको हो। गत वर्ष पनि भुक्तानी गर्न पाउने अन्तिम दिन साढे २१ अर्ब रूपैयाँ निकासा भएको थियो ।
महालेखाको तथ्यांकअनुसार बुधबार १४ अर्ब (३ करोड रुपैयाँ बराबरको चालु खर्च भुक्तानी गरिएको छ। त्यस्तै २१ अर्ब ७३ करोड रूपैयाँ बराबरको पुँजीगत खर्चको भुक्तानी भएको छ।
सार्वजनिक ऋणको सावाँ भुक्तानी र संस्थानहरूमा गरिने लगानीका लागि विनियोजन गरिएको वित्तीय व्यवस्थापन खर्च बुधबार मात्रै एक अर्ब (४ करोड भुक्तानी भएको छ।
चालु वर्षमा हालसम्म भएको खर्चमा बुधबार मात्रै गरिएको भुक्तानी साढे २ प्रतिशतभन्दा धेरै हो ।
चालु वर्षका लागि सरकारले १८ खर्ब ६) अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो। १५ खर्ब ५ अर्ब रुपैयाँको खर्च भएको छ।
पुँजीगत खर्चको भुक्तानी भने एकै दिनमा ११.२८ प्रतिशत बढी भएको छ।
यो वर्ष सरकारले तीन खर्ब ५२ अर्ब रुपैयाँ मात्रै पुँजीगत बजेट विनियोजन गरेको थियो। २ खर्ब ८ अर्ब रुपैयाँ खर्च भएको छ। यसमध्ये बुधबार एकै दिनमा २१ अर्ब ७३ करोड पुँजीगत खर्चको बिल भुक्तानी भएको छ।
अहिलेसम्म सरकारको पुँजीगत बजेट कार्यान्वयन ५९ प्रतिशत मात्रै पुगेको छ।
यो वर्षलाई ११ खर्ब ४० अर्ब चालु खर्च छुट्याइएकोमा ८५।८२ प्रतिशत खर्च भएको छ। त्यस्तै तीन खर्ब ६७ अर्ब रुपैयाँको वित्तीय व्यवस्थापन बजेटमा ८६ प्रतिशत खर्च भएको छ।
थप खर्च गर्न नपाइने
चालु आर्थिक वर्षको लागि अब नयाँ दायित्व सिर्जना हुने गरी खर्च गर्न पाइने छैन । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीले आर्थिक वर्ष सकिने अन्तिम सातामा नयाँ दायित्व सिर्जना हुने गरी खर्च बन्देज लगाएको छ ।
त्यस्तै अत्यावश्यक बाहेकको कुनै पनि किसिमको खर्च अन्तिम सातामा भुक्तानी गर्न नपाइने व्यवस्था नियमावलीमा गरिएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० ले आर्थिक वर्ष समाप्त हुनुअघि भुक्तानी निकासा बन्द गर्नु पर्ने व्यवस्था गरेको छ ।
यसको उपनियम १ मा ‘विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकको रकमबाहेक भुक्तानी दिनु पर्ने अन्य रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिन अगावै भुक्तानी दिइ निकासा र खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नु पर्ने’ उल्लेख गरिएको छ ।
विनियोजन ऐनले फ्रिज नहुने भनी कुनै पनि शीर्षकलाई तोकेको छैन । अर्थका अधिकारीहरूका अनुसार छुट्टै ऐनबाट सञ्चालन हुने सरकारी कोषहरूबाट हुने खर्चमा फ्रिज नहुने व्यवस्था गरिए पनि सरकारको सञ्चित कोषबाट हुने खर्चमा यस्तो शीर्षक तोकिएको छैन। यसको अर्थ सबै किसिमको भुक्तानी रोक्न भनिएको छ ।
उप नियम २ मा दायित्व सिर्जना भइसकेको तर भुक्तानी नभएको रकम भने आर्थिक वर्षको अन्तिम दिन अगावै भुक्तानी गर्ने भनिएको छ। ‘।।अवधि समाप्त भएपछि कार्यालयलाई कार्यक्रम संशोधन भइ थप बजेट प्राप्त भएमा, खर्चको स्रोत परिवर्तन भएमा वा अति आवश्यक काम परी खर्च गर्नु परेमा त्यस्तो खर्च पुस्ट्याइँ गर्ने बिल भरपाइ, बजेट थप भएको प्रमाण र अन्य कागजातसहित कोष तथा लेखा नियन्त्रक कार्यालयमा पेस गरी भुक्तानी निकासा माग गर्न सकिनेछ,’ भन्ने व्यवस्था गरिएको छ। यो अवधिमा भुक्तानी दिने वा नदिने निर्णय लिने अधिकार कोष तथा लेखा नियन्त्रकहरूलाई दिइएको छ। यस कारण पनि अनिवार्य भुक्तानीको अन्तिम समय आर्थिक वर्ष सकिनु भन्दा एक साता अघिको अन्तिम दिन रहन्छ।
प्रतिक्रिया दिनुहोस्