देशभर मनसुनी वायुको प्रभाव, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका भारी वर्षाको सम्भावना

काठमााडौ., २६ असार । असारको अन्तिम साता हुँदै गर्दा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ।

बिहीबार बिहान कोशी, बागमती, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ।

बिहीबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ।

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै देशको उच्च(पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षार हिमपातको सम्भावना रहेको छ।

बिहीबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा तथा बाँकी भू(भागका थोरै स्थानहरूमा राति मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशको उच्च(पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षार हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्