बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, १०० देखि १५० वटा गाडी पनि बगायो
काठमााडौं, २४ असार । भारी वर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको पुष्टि गरे । यससँगै रसुवा हुँदै चीनसम्म जोडने मार्ग बिच्छेद भएको छ ।
यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी समेत प्रप्त भएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल अनुसार ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर) लाई पनि बाढीले बगाएको हुनसक्ने भन्दै जानकारी आएको भएपनि हालसम्म पुष्टि भने हुन सकेको छैन । यसले बाढीले के कती क्षती गर्र्याे र कती मानिस वेपक्ता भएका छन् भन्ने एकिन भएको छैन । प्रहरीले खोजविन गर्दै छ ।
उनले समग्रमा क्षति ठूलो भएको भन्दै घटनास्थलमा पुगेर क्षतिको थप विवरण र सूचना संकलन गर्ने काम भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्