जिप र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । नेपालगञ्जको कारकाँदो चोक नजिकै भे १ ज ७२८ नम्बरको जिपमा भे ६ प ३९६ नम्बरको मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्युभएको छ भने एकजना घाइते भएका छन् ।

दुर्घटनामा परि बाँके जिल्ला कोहलपुर नगरपालिका–३ किरणनालाका ४२ वर्षीय टोपबहादुर बस्नेत गम्भीर घाइते भई नर्सिङहोममा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

मोटरसाइकल चालक बर्दिया बढैयाताल–१ का ३३ वर्षीय पूर्णबहादुर विसी घाइते भएका छन् । उनको नर्सिङहोम नेपालगञ्जमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्