भोलि प्रदेश ५ मा मात्रै सार्वजनिक बिदा

काठमाडौं । भोलि गणतन्त्र दिवसको दिन प्रदेश नं ५ का १२ जिल्लामा मात्रै सार्वजनिक बिदा हुने भएको छ । केन्द्र सरकारले यस वर्षदेखि बिदा कटौती गरेकाले अरु जिल्लामा भने सार्वजनिक बिदा हुने छैन ।

गणतन्त्र दिवसको बिदा कटौती गरेकोमा चर्को आलोचना भएपछि प्रदेश ५ को सरकारले १५ गते मंगलबार बिदा दिने निर्णय गरेको हो ।

अरु प्रदेशले भने बिदा दिनेबारे निर्णय गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्