राष्ट्रियसभाको बैठक आज बस्दै

 

काठमाडौं , २० असार । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

ती विधेयकलाई पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउने सम्भावित कार्यसूची तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्