दुम्कीबासस्थित, विनयी खोलाको पक्की पुल सञ्चालनमा
काठमाडौं, १९ असार । पूर्व पश्चिम राजमार्गअन्तरगत नारायणगढदेखि बुटवल सडकखण्ड मध्ये दुम्कीबासस्थित विनयी खोलामा पक्की पुल निर्माण भइ सञ्चालनमा आएको छ ।
लामो सयमदेखि विनयी खोलामा पुल नहुँदा बुटवलतर्फ आवतजावत गर्न आम सर्वसाधारणलाई सास्ती थियो ।
दुम्कीबासस्थित विनयी खोलामा पक्की पुल निर्माण भइ सञ्चालनमा आएको सडक विभागले जनाएको छ । बिहीबारदेखि पुल सञ्चालनमा ल्याइएको हो ।
यसअघि सवारीको ओभर लोड र चापका कारण अघिल्लो बर्खामा पुलमा क्षति पुगेको थियो । त्यतिबेला पुल आवागमन बन्द गरेर पुननिर्माण कार्य सकिएसँगै उक्त पुल सञ्चालनमा आएको हो ।
उक्त पुल सञ्चालनमा आएसँगै त्यसक्षेत्रमा ट्राफिक जाम कम हुने सर्वसाधारणको अपेक्षा छ ।
प्रतिक्रिया दिनुहोस्