सिट क्षमताभन्दा बढी यात्रु राख्ने ५० माइक्रो र ३२ जना टेम्पो चालक कारबाहीमा

काठमाडौं । सिट क्षमताभन्दा बढी यात्रु राख्ने ५० माइक्रो र ३२ जना टेम्पो चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यकाका विभिन्न रुट भएर चल्ने सार्वजनिक सवारी साधनको चेकजाँच तथा अनुगमनलाई तिव्रता दिइएको छ।

आइतबार सिट क्षमताभन्दा बढी यात्रु राख्ने ५० जना माइक्रो बस तथा ३२ जना टेम्पो चालकलाई कारबाही गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

पछिल्लो समय धेरै यात्रु राखेर सवारी चलाउँदा दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले सिटक्षमताभन्दा बढी यात्रु चढाउन रोक लागाएको छ।
यसले यात्रुहरुका लागि पनि सहज यात्रा गर्ने वातावरण बन्ने महाशाखाले विश्वास लिएको छ।

पहिलो पटक चेतावानी सहित तोकिएको जरिवाना तिराएर छोडिने तर अटेर गरेमा मुद्दासमेत दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइने भन्दै महाशाखाले सचेत गराएको छ।
यस कार्यमा सहयोग गर्न सम्पूर्ण सावरी धनी, चालक तथा यात्रुलाई महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्