कर्मचारीको तलव बढ्दै !

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५–२०७६ को बजेट मंगलबार सार्वजनिक गर्दैछ । आइतबार संसदबाट नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएपछि बजेट ल्याउन सरकारलाई बाटो खोलेको हो ।

बजेटले कुन समुदाय र कसलाई फाइदा पुर्याउला त भन्ने चासो पनि बढेको छ ।

विशेषगरी कर्मचारीको तलव बढ्छ कि बढ्दैन भन्ने चासो सर्वत्र छ । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले भने निकै कुटनीतिक भाषामा तलव बढ्ने संकेत गरेका छन् ।

उनले भने, ‘यो सरकारले सबैलाई खुशी पार्छ, कर्मचारीको खल्तीमा पनि केही न केही पर्छ ।’

उनका अनुसार सबैलाई खुशी पार्न ओली नेतृत्वको सरकार प्रयत्नरत छ ।

कर्मचारीको तलव बढ्दा महंगी पनि संगसंगै जोडिएर आउने बताइन्छ । सरकारले अहिलेसम्म महंगी नियन्त्रण गर्न सकेको छैन । त्यसमाथि पनि महंगी बढायो भने यो दुर्भाग्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्