आरएसडिसीको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आरएसडिसी लघुवित्तको १३ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कात्तिक २४ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएकाले आजसम्म सेयर किनेर कायम रहेका सेयरधनीले बोनस प्राप्त गर्नेछन् ।

लघुवित्तले मंसिर ८ गते एशीयन होटल बुटवलमा चौथो बार्षिक साधारण सभा डाकेको छ । गत आर्थिक बर्षमा चुक्ता पूँजी ११ करोड ५० लाख रुपैयाँको १३ प्रतिशत अर्थात एक करोड ४९ लाख ५० हजार रुपैयाँको बोनस वितरण गर्ने प्रस्ताव गरिएको छ ।

साथै कम्पनीले हालै जारी गरेको दुई सय प्रतिशत (२३ करोड बराबर) हकप्रद, र बोनसपछि कायम हुने पूँजी ३५ करोड ९९ लाख ५० हजार रुपैयाँको ५ बराबर ३ अनुपातमा २१ लाख ५९ हजार ७०० सय कित्ता हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित हकप्रदपछि लघुवित्तको पूँजी ५७ करोड ५९ लाख २० हजार पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्