मौका परीक्षा साउनको २९ गतेदेखि सबै नन ग्रेड भएका विद्यार्थीहरूले दिन पाउने

काठमाडौं, १३ असार। माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा नन ग्रेड भएका विद्यार्थीहरूले साउनको २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन् ।

परीक्षा बोर्डले यस वर्षकोएसईईको नतिजा सार्वजनिक गर्दै नन ग्रेडड विद्यार्थीहरूले २९ साउनदेखि मौका परीक्षा दिन पाउने जनाएको हो ।

शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को एसईईको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् ।

एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।

बोर्डले शुक्रबार साँझ २०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एसइई०को नतिजा प्रकाशित गरेको हो ।

गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्