राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
काठमाडौं, १३ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । बैठक असार १४ गते शनिबार बिहान ९ बजेका लागि बोलाइएको हो ।
बैठकमा भिजिट भिसा प्रकरणसँगसँग सम्बन्धित पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने रास्वपाका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य मनिष झाले जानकारी दिए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत मुछिएको भन्दै रास्वपाले गृहमन्त्रीको राजीनामा माग्दै संसदमा विरोध गर्दै आएको छ ।
मन्त्रिपरिषद बैठकले भिजिट भिसा प्रकरणमा छानबिन गर्न पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा समिति गठन गरे पनि रास्वपाले त्यसलाई स्वीकार गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्