फर्पिङ हुँदै हेटौँडा पुग्ने बाटोको अवस्था नाजुक
काठमाडौं, १२ असार । अहिले बर्खाको समय सुरु भएको छ । निरन्तरको वर्षा, बाढी पहिरोले देशका विभिन्न क्षेत्रमा सडकहरू पूर्ण र आंशिक रूपमा अवरुद्ध भएका छन् ।
यतिसम्म कि देशको केन्द्रीय राजधानी काठमाडौंबाट बागमती प्रदेशको राजधानी हेटौँडा पुग्ने सडकको झनै बिजोग अवस्था छ ।
कतै पिच भएको छ त कतै खाल्डाखुल्डीले भरिएको छ । फर्पिङ–हुमाने खण्डमा ठाउँ ठाउँमा बाटो बिग्रिएको छ, भने मर्मतको काम पनि जारी छ ।
हुमानेदेखि फाखेलसम्म भर्खरै पीच भएको छ । फाखेलदेखि तल पीचको तयारी भइरहेको छ । महालक्ष्मी खोलामा पुल बनाउने काम भइरहेकोले एकदमै हिलो छ । त्यहाँबाट कटेपछि कतै ढलान र कतै ग्राभेल गर्न तयारी अवस्थामा रहेको छ ।
कुलेखानीदेखि हेटौँडासम्म बाटो राम्रो भए पनि फर्पिङ–हुमाने खण्डमा ठाउँ ठाउँमा सडक बिग्रिएको छ ।
प्रतिक्रिया दिनुहोस्