आज सुनचाँदी दुबै धातुको मूल्य बढ्यो

काठमाडौं,१२ असार । बिहीबार, सुन र चाँदीको मूल्यमा बढेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको दुई हजार १७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्