सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,११ असार । बुधबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला एक हजार ५०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा २० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर तोलाको दुई हजार १४० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्