मुलुकमा आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सिपमूलक परियोजनाको लगानी वृद्धि गरिन्छः सभापति नुरज बज्राचार्य
काठमाडौँ, १० असार। बागमती प्रदेशका अर्थ तथा सामाजिक विकास सभापति नुरज बज्राचार्यले मुलुकमा आर्थिक तथा सामाजिक रुपान्तरणका लागि बागमती प्रदेश सरकारले सिपमूलक परियोजनाका लागि लगानी वृद्धि गरेको बताउनुभएको छ।
सक्षम नारी समाजद्वारा आयोजित कार्यक्रममा उहाँले देशमा उत्पादन वृद्धि गर्न युवालाई उद्यमशीलतामा आकार्षित गर्ने नीति अनुसार लगानी वृद्धि गरेको बताउनुभयो। व्यवसायिक सिपको विकासले स्वरोजगार सिर्जना गर्न सहयोग पुर्याउने बताउँदै उहाँले त्यसले मुलुकको आर्थिक गतिविधिलाई गतिशिल बनाउने विश्वास व्यक्त गर्नुभयो।
सभापति बज्राचार्यले आगामी आर्थिक वर्षका लागि करिब ६७ अर्बको बजेट विनियोजन गरिएको बताउँदै चालु आर्थिक वर्षको भन्दा करिब चार अर्वले बजेट वृद्धि गरिएकाले सम्बन्धित मन्त्रालयसँग समन्वय गरी बागमतीका १३ जिल्लामा सिपमूलक परियोजना मार्फत युवा लक्षित कार्यक्रम संचालन गरिने उल्लेख गर्नुभयो।
कृषि, पर्यटन, पूर्वाधार र उद्योग क्षेत्रले ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सक्ने बताउँदै उहाँले यस क्षेत्रको विकासलाई प्राथमिकता राख्न सरकारलाई सुझाव दिनुभयो।
कार्यक्रममा समाजले प्रदान गरेको आधारभुत सौर्न्दर्यकला अन्तर्गत एक महिने निःशुल्क ब्युटिसियन तालिमको २० प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो।
काठमाडौँ महानगरपालिका( १४ स्थित कलंकीमा बागमती प्रदेश सरकार तथा जिल्ला सामाजिक विकास कार्यालय ललितपुरको सहकार्यमा तालिम प्रदान गरिएको थियो
प्रतिक्रिया दिनुहोस्