सुन चाँदी दुबै धातुको मूल्यमा गिरावट

काठमाडौं,१० असार । मंगलबार सुन र चाँदी दुबै धातुको मूल्यमा भारि गिरावट आएको छ । आज सुन प्रतितोला एक हजार ७०० रुपैयाँ घटेको छ भने चाँदी पनि तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरि, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा दुई हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्