रास्वपाले आज पनि बहिस्कार गर्यो प्रतिनिधि सभा बैठक
काठमाडौं,९ असार । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबारको प्रतिनिधि सभा बैठक पनि बहिस्कार गरेको छ ।
आज बिहान ११ बजेपछि प्रतिनिधि सभा बैठक सुरू हुने बित्तिकै रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले सांसद शिव नेपालीलाई बोल्न समय दिएका थिए ।
नेपालीले मानव तस्करी, भ्रष्टाचार र कुशासन विरूद्ध रास्वपाको अडान स्पष्ट रहेको बताए । तर जनताको पक्षमा बोलेकै कारण रास्वपाको आवाज दबाउने प्रयत्न भइरहेको बताए । साथै उनले सरकारले जनताको मुद्दा उठाउनुलाई नै अपराध ठान्न थालेको हो भनि प्रश्न गरे ।
मानवतस्करीजस्तो अपराधमा सरकार किन मौन छ ? उच्चस्तरी संसदीय वा न्यायिक छानबिन समिति गठनको माग किन बेवास्ता भइरहेको छ ? गृहमन्त्री आफैले तोकेको नैतिक मापदण्डमा किन असफल हुनुभयो ? उनले थपे
सांसद नेपालीले आफूहरूको माग सुनुवाइ नभए संसद बहिस्कार गर्ने घोषणा गरेपछि रास्वपाका सांसदहरू बैठकबाट बाहिरिए ।
प्रतिक्रिया दिनुहोस्