सुनको मूल्य स्थिर, चाँदीको सामान्य बढ्यो

काठमाडौं,९ असार । सोमबार सुनको मूल्य स्थिर भएको छ । आज सुन आईतबार कायम मूल्यलाई नै आधार मानेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार १७० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्