लुम्बिनीविकास बैंक लि. का अध्यक्षबाट शपथग्रहण
काठमाडौं । लुम्बिनी विकास बैंकको संचालक समितिका नवनियुक्त अध्यक्ष अशोक राज पाण्डेले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
अध्यक्ष पाण्डेले बैंक तथा वित्तीय संस्था ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी समक्ष आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
सो अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल, उपनिर्देशक निर्मल कार्की, लुम्बिनी विकास बैंक संचालक समितिका सदस्य राजेश कुमार अग्रवाल, का.मु. प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा कम्पनी सचिव प्रजन प्रधानको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्