सुन र चाँदीको मूल्य सामान्य वृद्वि, कतिमा हुँदैछ कारोबार
काठमाडौं,८ असार । आइतबार सुन र चाँदीको मूल्य सामान्य बढेको छ । आज सुन प्रतितोला ५०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्