पञ्चकन्याको एस.एस. ट्याङ्क भारत निकासी

काठमाडौ । नेपाली बजारमा उत्पादन तथा विक्रि वितरण गर्दै आएको पञ्चकन्या ग्रुपको एस.एस. ट्याङ्क अब भारतमा पनि निकासी हुन थालेको छ ।

नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधि प्रयोग गरी पञ्चकन्या ग्रुपले ३०४ फुड ग्रेडको भर्टिकल तथा होरिजेन्टल र ३१६ ग्रेडको स्टेनलेश स्टील ट्याङ्कहरु विगत ६ वर्षदेखि विभिन्न क्षमतामा उत्पादन गरी बिक्री गर्दै आएको छ ।

पञ्चकन्याले यी ट्याङ्कहरु हाल आएर नेपालमा मात्र नभई भारतको पटना, लखनउ, कोलकत्ता आदि विभिन्न शहरहरुमा समेत निर्यात हुन थालेका छन् । भारतबाट पञ्चकन्या ग्रुपलाई राम्रो प्रतिव्रिmया प्राप्त भएकोले एस.एस. ट्याङ्कको भविष्य उज्ज्वल देखिएको छ । बढी खीया प्रतिरोधात्मक, पानी छिटो नतात्ने, लक गर्न मिल्ने बिर्को, पर्याप्त निप्पलहरु तथा स्ट्याण्ड सहित हुनाले जडान गर्न सहज तथा सजिलै ट्याङ्क भित्रको फोहर सफा गर्न सकिन्छ । अरु ट्याङ्कको तुलनामा धेरै विशेषताहरु भएको हुँदा यसलाई आम उपभोक्ताले अत्याधिक रुचाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्