बीपी राजमार्गमा १५ दिनसम्म रात्री सवारी साधन बन्द
काठमाडौंं, ६ असार । बीपी राजमार्गमा १५ दिनका लागि रात्री सवारी साधन नचल्ने भएका छन् ।
शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक लगाइएको छ । बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दे यस्तो निर्णय भएको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्