आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ॐ हस्पिटल बिच नगद रहित सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब महाप्रवन्धक श्री पवन थापा र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रवन्ध निर्देशक श्री बाबु काजी कार्कीले हस्ताक्षर गरे । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमा लेखको सीमा सम्म ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबाट नगद रहित हस्पिटलाईजेशस (Cash Less Hospitalization) सुविधा प्राप्त गर्न सकिने छ । साथै सोही अवसरमा श्री थापाले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्ना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसंग IGI औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस (Cash Less Hospitalization) सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसंग आवद्ध सदस्य लाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

प्रतिक्रिया दिनुहोस्