सुन मूल्य सामान्य घट्यो, र चाँदीको मूल्यमा भने भारी गिरावट
काठमाडौ,६ असार । शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ८०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्