सुन र चाँदी दुबै धातुको मूल्य घट्यो
काठमाडौं,५ असार । बिहीबार सुन र चाँदी दुबै धातुको मूल्य घटेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्