आजका लागि प्रमुख विदेशी मुद्राहरुको विनिमय दर
काठमाडौं,५ असार । आज हिजोको तुलनामा अमेरिकी डलरको भाउ केही बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज असार ५ गते बिहीबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३८ रुपैयाँ ६७ पैसा कायम भएको छ । यस्तै, खरिददर १३८ रुपैयाँ ०७ पैसा कायम भएको छ । यसअघि बुधबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३८ रुपैयाँ २९ पैसा र खरिददर १३७ रुपैयाँ ६९ पैसा कायम भएको थियो ।
त्यस्तै, आज १ युरोको बिक्रीदर १५९ रुपैयाँ ४२ पैसा रहेको छ भने खरिददर १५८ रुपैयाँ ७३ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८६ रुपैयाँ ४१ पैसा खरिददर १८५ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ५७ पैसा र खरिददर ९ रुपैयाँ ५३ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९० रुपैयाँ ०४ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने १०१ रुपैयाँ ०४ पैसा र बिक्रीमा १०१ रुपैयाँ ४८ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्