राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
काठमाडौं,४ असार । काठमाडौं महानरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश जारी गरेको छ ।
उच्च अदालत पाटनले उक्त निर्णय यथास्थितिमा राख्दै तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।
पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिनाका लागि निलम्बन गरेका थिए । सो निलम्बनलाई पाण्डे पाटन उच्च अदालत गएका थिए ।
प्रतिक्रिया दिनुहोस्