ढुंगेललाई आम माफी दिनुको कारण सरकारले आज अदालतमा पेश गर्ने

काठमाडौं । व्यक्ति हत्याको अभियोगमा काराबासमा रहेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता बालकृष्ण ढुंगेललाई आम माफी दिनु पर्नाको कारण सरकारले आज अदालतमा पेश गर्ने भएको छ ।
ढुंगेललाई आम माफी दिनु पर्नाको कारण आज सम्ममा पेश गर्न सर्वोच्च अदालतले शुक्रबार आदेश दिएकाले सरकारले आज कारण पेश गर्ने भएको हो ।

शुक्रबार रिट निवेदकको तर्फबाट मात्रै प्रारम्भीक सुनुवाई गराएको अदालतले आज दुवै पक्षको सुनुवाई गराउने भएको छ । दुवै पक्षको बहस सुनेपछि अदालतले ढुंगेललाई माफी दिन सरकारले सुरु गरेको प्रक्रियामा अन्तरिम आदेश दिने की नदिने भन्ने बारेमा आज निर्णय सुनाउने छ ।

गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढुंगेललाई जेलमुक्त गर्न लागेको भन्दै सर्वोच्च अदालतमा जेलमुक्त नगर्न माग सहित रिट निवेदन दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्