सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्यले भने बनायो रेकर्ड

काठमाडौं,४ असार । बुधबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य नयाँ उचाई बनाएको छ । आज छापावाल सुन प्रतितोला ९०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर मूल्यमा नयाँ उचाईमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेर हालसम्मकै उच्च तहमा पुगेको छ । आज चाँदी प्रतितोला दुई हजार २२५ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्