पूर्वमन्त्री शास्त्रीलाई सानेपामा अन्तिम श्रद्धाञ्जली

काठमाडौ,४ असार । पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका दिवंगत केन्द्रीय सदस्य ढुण्डिराज शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।

काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा सोमबार बिहान शास्त्रीको ९० वर्षको उमेर निधन भएको थियो ।

पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली अर्पण कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले शास्त्रीको पार्टीको झण्डा ओढाएर सम्मान गरेका छन् ।

पार्टीका पदाधिकारी, नेता-कार्यकर्तालगायत सानेपा पुगेर शास्त्रीलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । शास्त्रीको पार्थिव शरीर ११ बजेसम्म पार्टी कार्यालयमै राखिने छ ।

 

 

प्रतिक्रिया दिनुहोस्