इरानले भन्यो युद्ध सुरु भइसक्यो, इजरायलसँग सम्झौता गर्दैनौं
काठमाडौ,४ असारं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँग विनासर्त आत्मसमर्पण गर्नुपर्छ भनेपछि इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइल ले त्यसको कडा जवाफ दिएका छन् ।
खामेनेइले इजरायलविरुद्ध कहिल्यै सम्झौता नहुने भन्दै कडा प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।
युद्ध सुरु भइसकेको र इजरायलसँग सम्झौता हुन नसक्ने बताएका छन् । खामेनेइल अर्को पोष्टमा इजरायललाई आतंकवादीको संज्ञा दिंदै इजरायली शासनलाई दया नदेखाउने प्रतिक्रिया दिएका छन् ।
इजरायलले इरानको परमाणु आयोजना र मिसाइल भण्डारण क्षेत्रमा आक्रमण गरेपछि हाल यी दुई देशबीच तनाव छ ।
प्रतिक्रिया दिनुहोस्