रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

काठमाडौं,३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अदालतले न्याय दिएको बताएका छन् ।

काठमाडौं जिल्ला अदालतले तोकेको ३ लाख धरौटी बुझाएर निस्किएपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन् ।
अदालतले सहि ठाउँमा विवेव प्रयोग गर्छ भन्नेमा आफु विश्वस्त रहेको नेपालको न्याय प्रणाली माथी दृढ विश्वास गर्छु । मिश्रले भने ‘राज्यले अन्याय गर्दा पनि अहिलेको परिस्थितिमा पनि अदालत न्याय दिन सक्षम रहेछ ।

राज्यबाट दोषी करार हुनेगरी आफूमाथि लगाइएको विभिन्न आरोप दुखद रहेको उनले बताए ।

गत चैत १५ गते भएको तीनकुने घटनापछि पक्राउ परेका मिश्र धरौटी बुझाएर अदालतबाट बाहिरिएका हुन् । मिश्र आज आफैं अदालत उपस्थित भएका थिए ।

मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी मुद्दा दर्ता भएको थियो ।

गत चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेको र सो क्रममा २ जनाको मृत्यु हुने गरी भएको घटनामा मिश्रले उत्तेजक अभिव्यक्ति दिएका थिए ।

मिश्रलाई धरौटीमा छोडे पनि सोही घटनाका योजनाकार मानिएका दुर्गा प्रसाईंलाई भने अदालतले थुनामा पठाउन आदेश दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्