नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक बोलाए

काठमाडौं, ३ असार । सत्तारुढ दल नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ ।

नकाँग्रेसले पार्टी भोलि बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई बोलाइएको छ, तर कांग्रेसको पूर्वनिर्धारित बैठक असार १५ गते बस्दैछ।

यो बैठकमा विकसित राजनीतिक घटनाक्रम, एमालेसँग सत्ता सहकार्यको समीक्षा, रास्वपा र राप्रपाको अवरोध, पार्टीको १५ औँ महाधिवेशनको तयारीलगायतको विषयमा छलफल हुँदैछ, तर भोलि नै बस्नेगरी कांग्रेसले आकस्मिक बैठक किन बोलायो हामीले प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मालाई सोध्यौं ।

उनले भोलि राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक नबोलाएको बताए ।

उनले भने, ‘पार्टीका वरिष्ठ नेता ढुण्डिराज शास्त्रीको हिजो निधन भयो । शोक प्रस्ताव पारित गर्नमात्रै बैठक बोलाइएको हो । अरू विषयमा भोलिको बैठकमा छलफल हुँदैन ।’

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य तथा पूर्वमन्त्री शास्त्रीको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा ९० वर्षको उमेरमा हिजो निधन भएको थियो ।

शास्त्रीको पार्थिव शरीरलाई भोलि बिहान ९ देखि ११ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने र त्यहीबाट शवयात्रा सुरु गर्ने उनले बताए ।

२०४८ र २०५१ मा शास्त्री अर्घाखाँची निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्