नारायणघाट मुग्लिनमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध
काठमाडौं, ३ असार । नारायणघाट–मुग्लिन सडकको तुईन खोला पुल नजिकै सुक्खा पहिरो खसेर यातायात अवरुद्ध भएको छ।
मंगलबार मध्यान्ह १२ बजेतिर सुक्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माले जानकारी दिए।
नयाँ पुल निर्माण गर्नेक्रममा पहरो काटिएको स्थानबाट पहिरो खसेको हो।
अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको शर्माले बताए।
थप पहिरो नखसे दुईरतीन घण्टामा सडक सञ्चालनमा आउने सडक डिभिजन भरतपुरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्