सुन चाँदी दुबै धातुको मूल्य घट्यो

काठमाडौं,३ असार । मंगलबार सुनको मूल्य घटेको छ । आज छापावाल सुन तोलामा दुई हजार ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन तोलाको एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबारको चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्