सुनको मूल्य सामान्य वृद्धी, चाँदी भने रेकर्ड स्थरमा पुगेर स्थिर
काठमाडौ,१ असार । आइतबार सुनको सामान्य मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको बढेर रेकर्डस्तर नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्ला दिन सुनको मूल्य निरन्तर बढेर रेकर्डस्तर नजिक पुगेको हो ।
त्यस्तै, चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा नै स्थिर भएको छ । गत शुक्रबारको बजारमा कायम भएको मूल्यलाई आधार मानेर चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्